आज १३ औँ राष्ट्रिय पोसाक तथा टोपी दिवस मनाइँदै
News Desk
Jan-01 तारिख 07:02 बिहान

आज १३ औँ राष्ट्रिय पोसाक तथा टोपी दिवस मनाइँदैछ। सन् २०१३ (विसं २०७०) देखि प्रत्येक वर्ष जनवरी १ मा यो दिवस मनाउने परम्परा सुरु भएको हो। यस अभियानले नेपाली राष्ट्रिय पोसाकको संरक्षण र पुनर्जागरणमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताइन्छ।

दिवसको अवसरमा युवामैत्री विभिन्न संघ–संस्थाले देशका विभिन्न स्थानमा विविध कार्यक्रम आयोजना गरेका छन्। ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने मूल नारासहित सुरु गरिएको यस दिवसले दौरा–सुरुवाल, टोपी र गुन्यु–चोलीलाई नेपाली पहिचानका रूपमा युवापुस्तामाझ स्थापित गर्ने उद्देश्य राखेको छ।

यस अवसरमा धेरैले राष्ट्रिय पोसाकमा सजिएको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै उत्साह प्रकट गरिरहेका छन्। विगतमा औपचारिक रूपमा राष्ट्रिय पोसाक दिवस मनाउने चलन हटेपछि युवाहरूले स्वस्फूर्त रूपमा अभियानको थालनी गरेका हुन्। आज राजधानीका विभिन्न स्थानमा विशेष कार्यक्रमसहित राष्ट्रिय पोसाक एवं टोपी दिवस उल्लासपूर्वक मनाइँदैछ।

धेरै पढिएको