News Desk
काठमाडौँ उपत्यकामा बसोवास गर्दै आएका धादिङ, नुवाकोट र रसुवाका तामाङ समुदायले गोलढुंगामा विविध सांगीतिक तथा सांस्कृतिक कार्यक्रमसहित म्हेन्दोमाया पर्व उल्लासपूर्वक मनाएका छन्।
ल्होसारको अवसर पारेर आयोजित कार्यक्रममा म्हेन्दोमाया गायनसँगै विभिन्न सांस्कृतिक प्रस्तुति समावेश गरिएको थियो। सहभागीहरूले एक–अर्काबीच शुभकामना आदानप्रदान गर्दै पर्वको उत्सव मनाएका हुन्।
कार्यक्रममा तामाङ समुदायको मौलिक पहिचान झल्किने सेलो, तुङ्ग्ना तथा घोडा नाचलगायतका परम्परागत नृत्य र सांस्कृतिक झाँकीहरू प्रस्तुत गरिएको थियो।