राष्ट्रपतिद्वारा महाशिवरात्रिको अवसरमा सिफलस्थित भण्डारेश्वर महादेवको दर्शन
News Desk
Feb-16 तारिख 07:29 बिहान

राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिको अवसरमा  काठमाडौँको सिफलस्थित भण्डारेश्वर महादेवको दर्शन एवं पूजाआराधना गर्नुभएको छ ।

महाशिवरात्रि २०८२ का अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित आज पशुपतिनाथको दर्शन गरेपछि भण्डारेश्वर महादेवको दर्शनसहित पूजाआराधना गर्नुभएको हो ।

राष्ट्रपति पौडेलललाई उक्त मन्दिरका पुजारीले टीका र फूलप्रसाद प्रदान गर्नुभएको थियो ।

धेरै पढिएको