नागा बाबा र साधुसन्तलाई सम्मानपूर्वक बिदाइ गर्ने तयारी
News Desk
Feb-17 तारिख 05:58 बिहान

महाशिवरात्रिका अवसरमा आएका नागा बाबा र साधुसन्तलाई सम्मानपूर्वक बिदाइ गर्ने तयारी गरिएको छ। पशुपतिनाथ मन्दिरभित्र पाँच दिन र बाहिर चार दिन धुनी जगाउन करिब ५० हजार किलो दाउरा खरिद गरिएको संस्थानले जनाएको छ। भेटीघाटीलाई पारदर्शी बनाउने अभियानअन्तर्गत २०६८ चैत २६ देखि संकलित रकम १५ करोड रुपैयाँ पुगेको पनि जानकारी दिइएको छ।

तर शिवरात्रि मेलापछि पशुपतिनाथ मन्दिर परिसर फोहरले भरिएको देखिएको छ। स्थानीयवासीले व्यवस्थापन कमजोर भएको गुनासो गरेका छन् भने भक्तजनले नाक थुनेर दर्शन गर्नुपरेको बताएका छन्। कोषका पदाधिकारीले भने सफाइ कार्य तीव्र रूपमा अघि बढाइएको र छिट्टै पूर्ण सफाइ गरिने स्पष्ट पारेका छन्।

यसैबीच, शिवरात्रि आसपास नागा बाबा हेर्न आउनेको घुइँचो लागेको छ। फागुन कृष्ण एकादशीदेखि विद्यार्थीसमेत ठूलो सङ्ख्यामा उपस्थित भएका छन्। भारत वनारसबाट आएका सन्त स्वामी महेशानन्दले पशुपतिनाथलाई द्वादश ज्योतिर्लिङ्गको शिर मान्दै हरेक वर्ष दर्शनका लागि आउने गरेको बताएका छन्।

धेरै पढिएको