News Desk
काठमाडौँ l उपत्यकाको दक्षिणी भेगमा रहेको ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको मनमैजु क्षेत्रमा ‘मनमैजु जात्रा’ (इन्द्रायणी जात्रा) उल्लासमय वातावरणमा सम्पन्न गरिएको छ।
लिच्छविकालदेखि परम्परा बोकेको यस जात्राले केवल स्थानीय नेवार समुदायको पहिचान मात्र होइन, सम्पूर्ण काठमाडौँ उपत्यकाको धार्मिक सहिष्णुता र सांस्कृतिक समृद्धिलाई समेत उजागर गरेको छ। स्थानीय जनविश्वासअनुसार यहाँ मनमैजु देवीलाई इन्द्रायणी देवीका रूपमा आराधना गर्ने परम्परा रहँदै आएको छ।