मच्छेनारायणमा पुरुषोत्तम मास मेला सुरु, भक्तजनको घुइँचो बढ्दै
News Desk
May-18 तारिख 05:51 बिहान • आज

 

काठमाडौँ । मत्स्य नारायण मन्दिर मा एक महिने पुरुषोत्तम मास अर्थात् अधिक मास मेला सुरु भएको छ । चन्द्रागिरी नगरपालिका–मच्छेगाँउस्थित प्राचीन धार्मिकस्थलमा आइतबारदेखि विधिवत रूपमा मेला प्रारम्भ गरिएको हो ।

हिन्दू धार्मिक परम्पराअनुसार पुरुषोत्तम मास भगवान् विष्णु तथा नारायणको विशेष आराधना गर्ने पवित्र समयका रूपमा मानिन्छ । यस अवधिमा पूजा, व्रत, दान तथा धार्मिक कर्म गर्नाले पाप नाश भई पुण्य प्राप्त हुने जनविश्वास रहिआएको छ ।

सोही धार्मिक आस्थाका कारण देशका विभिन्न स्थानबाट भक्तजनहरू मच्छेनारायण मन्दिर पुगेर दर्शन, पूजा तथा भजन–कीर्तनमा सहभागी भइरहेका छन् । मेलाको सुरुवातसँगै मन्दिर परिसरमा भक्तजनको चहलपहल बढ्न थालेको छ ।

स्थानीयवासीका अनुसार पुरुषोत्तम मासभर मन्दिर क्षेत्रमा विशेष पूजा, धार्मिक प्रवचन तथा भक्तिमय कार्यक्रम सञ्चालन हुनेछन् । मेला अवधिभर श्रद्धालुहरूको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ ।

धेरै पढिएको