News Desk
आशिष शर्मा,तनहुँ १ जेठ/ म्याग्दे गाउँपालिका भित्र विपदमा परेका व्यक्तिलाई म्याग्देगाउँपालिका वडा न २ का युवा व्यवसायी रमेश अधिकारीले नि:शुल्क सवारी साधन उपलब्ध गराउने भएका छन् । सुत्केरी वा अन्य दुख बिमार भएर अस्पताल सम्म जान नसक्ने व्यक्तिलाई सेवा दिन लागिएको अधिकारीले बताए ।
विपतको समयमा सेवा गर्ने आफनो ईच्छा रहेको बताउदै अधिकारीले भने 'आवश्यक भएमा ९८४६०११२११ मा सम्पर्क गर्नुस हामी सहयोग गर्ने छौ’ । त्यस्तै, ट्रेड युनियन कांग्रेस म्याग्देले म्याग्दे भित्र रहेका दैनिक गुजारा टार्न मुस्किल भएका अति विपन्न परिवार, मजदुर तथा श्रमिकहरुका लागि गाउँपालिकासँग समन्वय गरि राहात सामाग्री वितरण गर्ने भएको छ। अध्यक्ष रमेश अधिकारीका अनुसार वडा तथा टोलमा त्यस्ता व्यक्ति भए खबर गर्न पनि अनुरोध गरिएको जानकारी दिए ।
‘दैनिक काम गरेर गुजारा चलाउनेका लागि लामो समयसम्म काम नपाउदा दैनिकी चलाउन समस्या परेको हुनसक्छ,त्यस्ता व्यक्तिलाई विपतको समयमा सहयोग गर्ने निर्णय गरिएको छ’ ट्रेड युनियन म्याग्देका उपाध्यक्ष कुमारि रानाले बताईन । ‘खाद्य तथा अन्य सामग्री सहयोग गर्नेका लागि हामीले आव्हान समेत गरेका छौ’ सचिव महेश भट्टराईले भने । यस्ताे समयमा सक्नेले नसक्नेका लागि सहयाेग गर्दा दानिलाई कहिले पनि हानि हुदैन उनले भने ।