News Desk
नवलपुर - स्थानियस्तरमा राहत वितरणका लागि गैडाकोटकका दुई युवाहरु जुर्मुराएका छन् । गैडाकोट नगरपालिका १३ स्थित नवलपुरका शिशिर र सैगात नामका दुई युवाहरु कोभिड-१९ राहत अभियान सहित सामाजिक अभियानमा सकृय भएका हुन । उनीहरुको अगुवाईमा स्थानिय स्तरमा राहत वितरण हुँदै आएको छ । आफ्नो क्षेत्रमा खर्च अभावका कारण छाकको गर्जो टार्न मुश्किलमा परेका विभिन्न घर परिवारलाई राहत वितरण गरिएको उनीहरुले जनाएका छन्।
हाल जारी कोभिड-१९ माहामारीबाट समस्या भोग्न वाध्य स्थानियहरुले सहयोग मागेको खण्डमा जुनसुकै बेला जस्तोसुकै समस्या परेपनी सहयोग गर्न आफुहरु तयार रहेको पनि उनीहरुले बताएका छन् । ‘अप्ठ्यारो पर्नेहरुबाट आउने एक कलका फोन भरमा हामीले सम्बन्धित ठाउँसम्म राहत पुर्याउने छौ, केबल कलको प्रतिक्षामा रहन्छौ हामी’ शिशिर र सैगातले लयमा लय मिलाउदै एकै स्वरमा भने ।
साथै उनीहरुले गैंडाकोट १० , ११ , १२ र १३ मा कसैलाई यस
महामारीले गर्दा दुई छाक टार्न र कोभिडका बिरामीहरुलाई औषधि , अक्सिजन र एम्बुलेन्सको समस्या र आवश्यकता परेमा केही सम्पर्क नम्बरमा संपर्क गर्न सकिने बताए ।
सम्पर्क नम्बरहरु
१ : सन्तोष परियार - ९८४५४४३४४६
२ : सौगात क्षेत्री - ९८००७२८१२०
३ : शिशिर थापा - ९८१५४२७०१२
४ : प्रविन क्षेत्री- ९८४५९३४७०६
५: सागर बिक्रम शाह - ९८४७४६०८६०
६: दिनेश ठकुरी - ९८४०६७११४५
७: सुरेश मल्ल - ९८२१४१५२०५
८: आनन्द मल्ल - ९८२५४३०७४३