News Desk
मेलम्ची-सिन्धुपाल्चोक स्थित मेलम्चीका बाढी पीडित स्थानीयलाई पर्यटन व्यावसायी रामकुमार तामाङले सहयोग जुटाएका छन् । तामाङले करिब एकसय घरपरिवारलाई दैनिक उपभोग्य सामग्री ब्यक्तिगत तबरले उपलब्ध गराएका हुन खाद्य सामग्री लगायतका सामाग्री जोहो गर्न करिब ५०हजार बराबर लागेको उनले जनाकारी दिए।
बिपत्तिको समयमा पुर्ब योजना कल्याणकारी भन्दा पनि ब्यक्तिगत इच्छाले सहयोग गरेको बताउदै उनले भने ‘ढुवानमा परेका घरबार विहिनको अवस्था निकै नाजुक रहेको हुनाले व्यक्तीगत तबरमा साथिभाई मार्फत मेलम्चीलाई लक्षित गरी सहयोगको कदम उठाएको हो’। समाज सेवामा छुट्टै पहिचान बोकेका ब्याबसायी तामाङले हेल्पिङ्ग एजुकेसन फाउन्डेसन अफ नेपाल मार्फत विभिन्न क्षेत्रमा सहयोग जुटाउदै आएका छन् ।
यस अघि पर्यटन ब्यबसायी तामाङको पहलमा कोभिड महामारी विरुद्ध रसुवा,सोलुखुम्बु लगाएत विभिन्न जिल्लामा ठूलो मात्रामा स्वास्थ सामग्री हस्तान्तरण समेत गरिसकेको छ।