देवघाटमा भुजेल समुदायका ५५ घरधुरी परिवारलाई लायन्स र लियो क्लबबाट राहत हस्ताण्तरण
News Desk
Jul-06 , 2021 तारिख 01:34 बिहान

 

आशिक राना
देवघाट तनहुँ:२२ असार२०७८
लायन्स क्लब अफ भलवारी सिटि र लियो क्लब अफ भलवारी सिटिले तनहुँको देवघाट गाउँपालिका वडा नम्बर १ बसेनिटारका आर्थिक अवस्था कमजोर भएका  विपन्न  भुजेल समुदायका ५५ घरधुरी परिवारलाई लक्षित गरि राहत हस्ताण्तरण गरेका छन् ।  


सोमबार एक  कार्यक्रम आयोजना गरि  लायन्स जिल्ला ३२५बि २ नेपालका डिस्ट्रीक्ट गभर्नर पिएमजिएफ लायन राम प्रसाद भट्टले देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापालाइ सो राहत हस्तान्तरण गरेका हुन ।

सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रीक्ट गभर्नर भट्टले कार्यक्रममा बोल्दै भलवारीको लियो र लायन्स क्लबले नेपालको एक पुन्य भुमि  देवघाटमा आई राहत वितरण गरेकोमा लियो र लायन्स क्लबका तर्फबाट  आभार प्रकट  गरे ।  
देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले  बिश्व महामारीको रुपमा फैलिएको कोबिड १९ कोरोना भाइरसको कारण दैनिक ज्यालादारी मजदुरहरुलाई  लक्षित  गरि राहत हस्तान्तरण गरेकोमा लायन्स क्लब अफ भलवारी सिटि र लियो क्लब अफ भलवारी सिटिलाई धन्यवाद दिदै आगामी दिनहरूमा पनि यसरी नै समन्वय गरि अगाडी बढ्ने बताए।

कार्यक्रमका विशिस्ट अतिथी लायन प्रकाश पण्डितले लायन्स क्लब  र लियो क्लब अफ भलवारी सिटिले गरेको पहिलो कार्यक्रम बर्षकै सर्वोत्कृष्ट कार्यक्रम मध्य एक हुने दावी गर्दै बर्ष २०२१/२२ का लागि शुभकामना दिए ।  

कार्यक्रमका संयोजक लियो क्लबका कमल अर्यालले देवघाट क्षेत्रमा पुगि राहत वितरण गर्न पाउदा खुशी व्यक्त गर्नुका  साथै आगामी दिनहरुमा पनि समन्वय गरि सहयोग गर्ने बताए ।  ५५ घरधुरी परिवारको लागि करिब एक लाख पचास हजार बराबरको चामल ,दाल,तेल,नुन,चिउरा,भुजा साबुन सहयोग गरिएको लियो क्लब अब भलवारी सिटीका निवर्तमान अध्यक्ष लियो रबिन जोशीले जानकारी दिए ।

लायन्स क्लब अफ भलवारी सिटीका  लायन गणेश थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा देवघाट १ नम्बर वडाका अध्यक्ष भिम बहादुर गुरुङ,देवघाट गाउँपालिका प्रशासन शाखा अधिकृत गोविन्दप्रसाद पौडेल,देवघाट गाउँपालिकाका कार्यक्रम अधिकृत कृष्णराज पन्त,देवघाट लायन्स क्लबका अध्यक्ष दधिराम सापकोटा,देवघाट लायन्स क्लबका प्रथम उपाध्यक्ष होम बहादुर भारती,देवघाट लियो क्लब अफ चौतारीका अध्यक्ष आत्माराम पाण्डे लगाएतको उपस्थिति रहेको थियो।

धेरै पढिएको