आजको राशिफल -२०७८ अषाढ ३१
News Desk
Jul-15 , 2021 तारिख 12:18 बिहान

आजको राशिफल - Aajako Rashifal

 

उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

मेष - ARIES

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

प्रारम्भमा केही चुनौती देखा पर्नेछन्। हल्लाको पछि लाग्दा केही समस्या पनि हुनेछ। घरमा असमझदारी बढ्नाले काममा पनि बाधा हुन सक्छ। मंगलवारदेखि स्थितिमा सुधार आउनाले आयआर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि आम्दानी बढ्नेछ। दिगो फाइदा हुने काममा लगानी गर्ने मौका छ। पहिलेको सफलताले पनि हौसला जगाउनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। शत्रु परास्त हुनेछन्। व्यापार र उद्योगमा विशेष फाइदा हुनेछ। सप्ताहान्तमा यात्राको अवसरका साथै आतिथ्यपूर्ण सम्मान पनि पाइनेछ।

वृष - TAURUS

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

पहिलेको सफलताले विशेष जिम्मेवारी दिलाउनेछ। स्राेत सबल देखिए पनि सुरुमै आम्दानी नहुन सक्छ। मंगलवारदेखि परिवारमा केही मतभेद हुनाले उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। आफ्नो कमजोरीबाट अरूले फाइदा उठाउन समय रहेकाले सजग रहनुपर्ला। तापनि मिहिनेत गर्दा घरमा सुख–समृद्धि प्राप्त हुने समय छ। मनोरञ्जन तथा विलासी मनोवृत्तिले अध्ययनमा भने बाधा पुर्याउन सक्छ। सप्ताहान्तमा जुझारु कार्यशैलीले कर्मक्षेत्रमा लाभ मिल्नेछ। प्रतिस्पर्धीहरू पछि हट्नेछन् भने शत्रुहरूसमेत नजिकिन सक्छन्।

मिथुन - GEMINI

का, कि, कु, घ, ङ, छ, के, को, ह

प्रारम्भमा केही काम सम्पादन हुनाले सामान्य लाभ हुनेछ। वादविवादमा परिने हुँदा आत्मसम्मानका लागि केही समय मौन रहनुहोला। मंगलवारदेखि स्थितिमा सुधार आउनाले लक्ष्यमा पुग्न सकिनेछ। मौकामा सहयोगी तथा भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ। मिहिनेत गर्दा आँटेको काम बन्नेछ भने लगनशीलताले राम्रै प्रतिफल दिलाउनेछ। बिहीवारदेखि परिवारमा असमझदारी देखिने हुँदा काम रोकिन सक्छ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। तापनि सप्ताहान्तमा लक्ष्य प्राप्त हुनेछ।

कर्कट - CANCER

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

आगन्तुकले अलमल्याए पनि प्रारम्भमा विभिन्न अवसर प्राप्त हुनेछन्। केही अवराेध आए पनि आँटले काम सम्पादन हुनेछ। तर्कशक्ति बढ्नेछ भने रचनात्मक काम गरेर पुरानो पद्धतिमा सुधार ल्याउन सकिनेछ। विभिन्न अवसर प्राप्त भइरहनेछन्। आर्थिक पक्षमा सुधार ल्याउन सकिनेछ। साथीभाइको सञ्जाल फराकिलो हुनुका साथै शुभचिन्तकहरूको सहयोगले धेरै रोकिएका काम सम्पादन हुनेछन्। मिहिनेतले दिगो काममा अग्रसर गराउन सक्छ। सप्ताहान्तमा भने अरूकाे भरपर्दा धाेका पाइने र काम राेकिने सम्भावना छ।

सिंह - LEO

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

प्रारम्भमा घरखर्च बढ्नुका साथै अर्थ अभावले सताउने हुँदा होसियारीसाथ काममा जुट्नुहोला। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। मंगलवारदेखि शुभचिन्तकहरूको सहयोग जुट्नाले समस्याको समाधान हुनेछ। सुखद समाचारले मनमा उत्साह जगाउनेछ। बिछाेडिएका आफन्तसँग रमाइलाे भेटघाट हुनेछ। बिहीवारदेखि केही विवादास्पद काममा अलमिलनुपर्ला। सानाे असावधानीले वादविवाद निम्त्याउन सक्छ, सजग रहनुहाेला। सप्ताहान्तमा परिस्थिति अनुकूल बन्नेछ र चिताएका काम बन्नाले नाम, दाम र इनाम प्राप्त हुनेछ।

कन्या - VIRGO

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

सुरुमा विशेष अवसर जुट्नुका साथै पछिसम्म फाइदा हुने काम प्रारम्भ हुनेछ। आम्दानीका स्रोतहरू सबल बन्नुका साथै मनग्य धनलाभ हुनेछ। मंगलवारदेखि सरसापटमा धन बाहिरिनाले बचत भने नहुन सक्छ। परिस्थितिवश आफन्तबाट टाढिनुपर्ने स्थिति आए पनि भविष्यको मार्गचित्र कोर्ने समय छ। प्रयत्न गर्दा लामो यात्रा गर्ने अवसर पनि प्राप्त हुनेछ। यस बीचको लगानी पछिका लागि फाइदाजनक हुनेछ। बिहीवारदेखि केही अवराेध सामना गर्नुपरे पनि तारिफयोग्य कामको चर्चा हुनेछ। स्वास्थ्य कमजाेर रहे पनि आम्दानीले उत्साह जगाउनेछ।

तुला - LIBRA

र, रि, रु, रे, रो, ता, ति, तु, ते

कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। प्रयत्न गर्दा विभिन्न अवसरले पछ्याउनेछन्। भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। आफ्नाले भने अलि धाेका पनि दिन सक्छन्, सजग रहनुहाेला। मंगलवारदेखि आम्दानी बढ्नेछ र प्रतिष्ठित काम गरेर नाम, दाम र इनाम हातपार्न सफल भइनेछ। तर आकस्मिक खर्च बढ्नाले अर्थ सञ्चय भने नहुन सक्छ। खर्चिलाे काम आँट्नाले रकम जुटाउन दौडधुप गर्नुपर्ला। तापनि सप्ताहान्तमा राम्रै उपलब्धि प्राप्त हुनेछ। सुखद समाचारले मनमा उत्साह जगाउनेछ।

वृश्चिक - SCORPIO

तो, ना, नि, नु, ने, नो, या, यि, यु

काम गर्ने अवसर आए पनि प्रतिफल हातपार्न समय लाग्नेछ। धेरै समय सामाजिक काममा जुट्नुपर्ला। तापनि तारिफयाेग्य काम गरेर समाजमा स्थापित हुने समय छ। पुरुषार्थद्वारा उपलब्धि हातपार्ने मौका छ। नयाँ काम वा नोकरी प्राप्त हुन सक्छ। मित्रता र प्रेमको बन्धन कसिनेछ। विशिष्ट व्यक्तिहरूसँग पनि मित्रता बढ्नेछ। मिहिनेतले आयस्राेत सबल बनाउन सकिनेछ। तर, बीचमा लेनदेनले केही वादविवाद समेत निम्त्याउन सक्छ। सप्ताहान्तमा परिस्थितिवश सञ्चित रकम खर्चनुपर्ने हुन सक्छ। परिश्रमअनुसार अलि कम प्रतिफल प्राप्त हुनेछ।

धनु - SAGITTARIUS

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

प्रारम्भमा स्वास्थ्य कमजोर रहनाले काममा पछि परिनेछ। परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। मंगलवारदेखि स्थितिमा सुधार आउनेछ भने धार्मिक मनोवृत्ति बढ्नेछ। मिहिनेत गरेर नाम र दाम हात पार्न सफल भइनेछ। समुदायको हक हितको संरक्षण गर्न सकिनेछ। बीचमा मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिन सक्छ। विशेष व्यक्तिसँग भेटघाट हुनेछ। दिगो फाइदा हुने काम सुरु होला। सप्ताहान्तमा आम्दानी बढ्नेछ तर उठेकाे रकम तत्काल खर्चनुपर्ने परिस्थिति रहनेछ।

मकर - CAPRICORN

भो, ज, जि, खि, खु, खे, खो, गा, गि

प्रारम्भमा प्रियजनसँग भेटघाट हुनेछ। रमाइलो यात्राका बीचमा आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। चिताएका काम बन्नाले प्रशस्तै धनलाभ हुनेछ। मंगलवारदेखि भने अप्ठ्यारा कामको बोझ थपिन सक्छ। चोटपटकको योग देखिएकाले स्वास्थ्यका लागि विशेष सजग रहनुहोला। परिस्थितिले संघर्षको पथमा हिँडाए पनि मिहिनेतले स्थितिमा सुधार ल्याउनेछ। बिहीवारदेखि टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। शुभचिन्तकहरूको सहयोग जुट्नाले आँटेको काम बन्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउन सफल भइनेछ।

कुम्भ - AQUARIUS

गु, गे, गो, सा, सि, सु, से, सो, द

प्रतिस्पर्धामा उत्रनुपरे पनि सुरुमा विभिन्न अवसर प्राप्त हुनेछन्। रोकिएका काम बन्नाले आर्थिक पक्ष पनि सबल बन्नेछ। खर्च लागे पनि दिगो फाइदा हुने काम सुरु गर्ने अवसर समेत जुट्नेछ। प्रियजनसँगकाे भेटघाटले साता रमाइलाे रहनेछ। प्रेम र मित्रताको बन्धन कसिने बलियो सम्भावना देखिन्छ। तापनि बिहीवारदेखि परिस्थिति अलि कमजोर रहनाले केही झमेला आइलाग्न सक्छन्। घरायसी कामबाट अरूले फाइदा उठाउने प्रयत्न गर्ने हुँदा गोपनीयतामा विशेष ध्यान दिनुहोला। सप्ताहान्तमा शुभचिन्तकहरूको साथ जुट्नाले चिताएको काम बन्नेछ।

मीन - PISCES

दि, दु, थ, झ, ञ, दे, दो, च, चि

प्रारम्भमा चुनौती देखिए पनि बिस्तारै आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ। हतारका काममा ढिलासुस्ती हुन सक्छ। पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिए पनि मंगलवारदेखि आँट गर्दा रोकिएका काम बन्नेछन् र नयाँ काम प्रारम्भ गर्न सकिनेछ। मिहिनेतले आम्दानीको दिगो स्रोत जुट्नेछ। व्यापार तथा उद्योगमा फाइदा हुनेछ। व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिने समय छ। साताको अन्त्यमा भने स्वास्थ्य कमजोर रहला। शुभचिन्तकहरूकाे साथले काम बन्न सक्छ।

Nepali Patro - Hamro Samaya Hamro Gaurav

धेरै पढिएको