भलिबल खेलमा खेलाडीको मनोवैज्ञानिक स्थिरता
News Desk
Aug-26 , 2021 तारिख 04:16 बिहान

डिएन घिसिङ

भलिबल खेल मनोरंजनपुर्ण आकर्षक खेल हो। प्रतिस्पर्धात्मक खेल प्रतियोगिताले भलिबल खेललाई रोमान्चक र दर्शनिय बनाएको हुन्छ । जसबाट खेलाडी र दर्शकले भरपुर आनन्द प्राप्ती गर्दछन् । भलिबल खेलका धेरै फाईदाहरु मध्ये खेलाडी सर्वोकृष्ट व्यायम लक्ष्यसम्म पुग्नको लागि एक वैकल्पिक र अत्याधिक प्रभावी तरिकाको कार्य गर्दछ। अझ भनौ भलिबल खेल्ने ब्यक्तिले बेजोडले शारीरिक,मानसिक र भावनात्मक लाभ प्राप्त गर्दछ। खेल आरम्भको थालनीबाट मानसिक लय केन्द्रित गर्दछ।सामुहिक भावना भएकाले खेलपुर्बको गुण-अबगुणले समेत प्रभाव राखेको हुन्छ।प्राविधिक रणनीतिमा उत्कृष्टता ल्याउन तयारी व्यवस्थापन सबैभन्दा मुल्यवान रहने गर्दछ।खेल मैदानमा प्रवेश गरेपछिको उच्च वा जोशिलो प्रदर्शन गर्न खेलाडीको स्थिर मानसिकताले तय गर्दछ।विपक्ष खेलाडीहरुको शारीरिक हाउभाउ,रणनीति र बाह्य दर्शकको समर्थन प्रत्यक्ष प्रभावित हुने क्रियाकलाप हुन।ओलम्पिक खेलमा भलिबल खेल तर्फबाट सहभागी भएर धेरै स्वर्ण पदक हात पारेका

अमेरिकन खेलाडी केरी वाल्श जेनिंग्सले खेलमा स्थिरताको कुरा अलि बिशेष महत्व हुने इङ्गित गरेका छन् । खेलाडीले खेलमा स्थिरता ल्याउन दैनिक जीवनमा शारीरिक श्रम र उचित पोषण तत्वले अर्थ राख्ने धारणा उनले व्यक्त गरेका छन् । भलिबल खेलका अर्का सदस्य अमेरिकी महिला खेलाडी वाल्स जेन्निगग्सले प्रत्येक खेलमा खेलाडीले दोहोर्याउनु पर्ने कुरा प्रेरणा रहेको उल्लेख गरेकी छिन् । उनले “सास, विश्वास र युद्ध "का रुपमा भलिबल खेललाई ब्याख्या समेत गरेकी छिन् । भलिबल खेल प्रतियोगितामा रणनीतिक कला सबैभन्दा उत्तम मानिन्छ।आफ्नो पक्षमा अंकभार वा विपक्षीलाई परास्त गर्न सांकेतिक इशारालाई शसक्त माध्यमको रुपमा लिन सकिन्छ। मुलत: रणनीतिक कलाले समुहको प्रयासमा सफलता वा असफलता निर्धारण समेत गर्दछ।खेलमा विपक्षको प्रहारलाई नियन्त्रण लिनु वा प्रहार गरिएका बललाई विपक्षको मैदानमा बल ओराल्नु नै भलिबल खेलको एक विशेषता मानिन्छ।खेलाडीको अब्बल वा दुर्बलताको पहिचान शारीरिक गतिविधिमा निहित रहन्छ। भलिबलमा बलियो भावनात्मक र मानसिक स्वास्थ्य लाभ पनि प्राप्त गर्न सकिन्छ।

अमेरिकाबाट प्रकाशित वैल्बो भलिबल जर्नलमा उल्लेख गरे अनुसार भलिबल खेल सामाजिक एकताको पर्यायबाचीको रूपमा रहेको उक्त प्रकाशनमा गरेको वर्णन गरिएको छ । जुन यस प्रकार छन् : १. पारस्परिक कौशलमा सुधार र समूह बनाउँछ। २. सामाजिक अन्तरक्रिया र सम्बन्धमा स्थापित गराउछ। ३. तनाव र चिन्ता कम गर्दछ। ४. आत्मसम्मानको विकास र आत्मविश्वास बढाउँछ। ५. खेलकुद नेतृत्व बिकास गराउछ। ६.संज्ञानात्मक उत्तेजना र कार्यमा प्रेरित गराउँछ । ७।जवाफदेहिता सिकाउँछ। ८. सतर्कता बढाउँछ। ९.भावनात्मक सम्बन्धको विकास गराउँछ । १०प्रेरणा र सफल हुने अभ्यासी गराउँछ ।

यस खेलबाट शुद्ध आनन्दको अलावा अन्य धेरै लाभ समेत हासिल हुने अध्ययनले देखाएको छ । भलिबलमा हात-आँखा समन्वय,सजगता र सन्तुलन सुधार हो।भलिबलले समुहकार्य (टीमवर्क) र संचार सिकाउँछ। त्यसैले यो खेल एक विशेष सामाजिक गतिविधि पनि हो।खेलाडीलाई सामाजिकी अभ्यासको अवसर यस खेलले दिलाउने गर्दछ । भलिबल खेलमा लचकदार र शक्तिदायक शरीर र अनिवार्यता जस्तै रहन्छ। स्वस्थकर जीवनयापनमा भलिबल खेलले महत्व राख्दछ । मानसिक स्फुर्ती र शारीरिक तन्दुरुस्तीका लागी एक सक्रिय खेल पनि हो भलिबल। खेलमा परिणाम प्राप्त गर्न उल्लेखित सन्दर्भ अनुसरण गर्न उपर्युक्त रहने सोधले पुष्टि गरेको छ ।

क)प्रभावकारी सञ्चार: खेलको दौरानमा कुराकानी वा संकेत महत्वपुर्न रहन्छ।खेलको रणनीति बदल्न संचार एक उपयोगी माध्यम हो।खेलाडी बीचको संवाद माध्यम वा प्रशिक्षकको निर्देशनलाई पालना गर्न संचार कौशल अपरिहार्य रहन्छ।यसका लागि संवाद सशक्त माध्यम पनि हो।

ख)तिब्र सोच : भलिबल खेल एक गतिशील खेल हो। यस खेलमा खेलाडीका लागी छिटो प्रतिक्रिया गर्न महत्वपूर्ण हुन्छ। भलिबल खेलका दौरानमा खेलाडीले छिटो निर्णय लिने क्षमता राख्न जरुरी जस्तै रहन्छ।खेलाडी अभ्यास र निखारतामा छिटो सोचको कला एक बिशेष तरिका हो। यदि कोही कसैले पनि एक सफल भलिबल खेलाडी बन्ने चाह राख्छ भनेको उसले छिटो सोच्न सक्षम हुनुपर्छ। त्यसैले भलिबल खेलमा छिटो सोच्ने वा निर्णय लिने खुवी वा क्षमता एक धेरै महत्त्वपूर्ण कौशल हो।

ग) आत्मविश्वास :विश्वस्त हुनुको अर्थ भलिबल खेलमा उत्तम प्रदर्शन गर्नु हो।भलिबलमा आधारभूत सीपहरुलाई रचनात्मक तबरले खेल दौरानमा अभ्यस्त गराउनु सफलता तर्फ उन्मुख हुनु हो।आत्मविश्वासले विपक्षीलाई परास्त गर्ने हौसला र उर्जा पैदा गर्दछ।

घ) भुलचुक सुधार: भुलचुक वास्तवमा मानविय स्वाभाव पनि हो।जान अन्जान भुलचुकलाई खेल दौरानमा सुधार्नु र गल्तिबाट सिक्नु नै सफलताको बाटो तय गर्नु हो।स्वयंबाट गल्तीको विश्लेषण निष्कर्ष प्राप्त भएका सुधारले परिणामुखी प्रतिफल दिन्छ।

ङ) एकाग्रता:भलिबल खेलमा सहभागी भएपछि एकाग्रता अर्थात फोकस हुन जरुरी रहन्छ।सावधानीपूर्वक बल निहाल्दै विपक्षी समुहको तालमेल र प्रहारलाई केन्द्रित गर्नु पर्दछ। सुधारिएको एकाग्रताले खेल रौंनकता बढदछ ।

च)समय व्यवस्थापन : भलिबल खेलमा समय व्यवस्थापन उस्तै महत्वपूर्ण रहने गर्दछ।प्रभावी ढंगले समय प्रबन्धन गर्न सक्षम हुने खेलाडीले नतिजाबाट बिमुख हुनु पर्दैन। कला र सुधारक क्रियाकलाप उचित समयमा प्रस्तुत गर्नु सफलताको कडी मानिन्छ।

छ) सामुहिक भावना:भलिबल समुहगत खेल हो। खेलको सफलता-असफलता वा नतिजामा प्रत्येक खेलाडी हिस्सेदार रहन्छ।सामुहिकता अर्थात समुहको भावनामा लिन हुने वा केन्द्रित रहने समुह सधै जीतको नजीक हुन्छ।समुह बलियो बनाउन प्रत्येक खेलाडीको समर्पण वा त्याग जरुरी रहन्छ। एकै समुहका सदस्यहरु बीचमा सैहार्द वा सु-सम्बन्धको विकासले खेल अनुशासन कायम राख्न सघाउ पुर्याउँदछ । यसले भावनात्मक रुपमा एक आपसमा जोडन मद्दत पनि गर्दछ। खेलमा परिणाम महत्वपूर्ण हुने हुँदा सामुहिक भावना वेगर भलिबल कोर्टको बसाईलाई फलदायी बनाउन सकिदैन् ।

धेरै पढिएको