News Desk
डिएन घिसिङ
हरिबोधिनी एकादशी हिन्दु धर्मलम्बीहरुको महत्वपूर्ण पर्व हो।यस एकादशीलाई बिशेष महिमाका कारणले ठूलो एकादशी भन्ने गरिन्छ।पुरातन संस्कृतीमा यस पर्व र अग्लेश्वर महादेवको गरिमा बारे शास्त्रमा अलग्गै मह्त्वका साथ बर्णन गरेको पाइन्छ। वैदिक सनातन हिन्दू धर्मशास्त्रको पद्म पुराणमा बिन्दा देवीले पृथ्वीमा आएर भगवान बिष्णुलाई आफ्नो पतिका रुपमा पाउन गरेको तपस्यासँग तुलसीको महत्वलाई गासिएको पाइन्छ।हरिबोधिनी एकादशी अर्थात तुलसी विवाहका रुपले समेत परिचीत छ। हिन्दुका प्रधान देवता महादेव भिन्नभिन्नै प्रतिकका रूपमा प्रसिद्ध रहेका छन् ।
शास्त्रमा महादेव अर्थात शिवले पर्बतिय यात्राको क्रममा अग्लेश्वर महादेव प्रकट भएको किंवदन्ती छ। यस दिन सनातन धर्मावलम्बीले अन्न ग्रहण नगरी कन्दमूल र फलफूल खाने गर्छन्।उपासना गर्ने पर्वको रुपमा लिइन्छ। हरिबोधनी एकादशीको दिनमा नेपालका विभिन्न धार्मिक स्थलहरुमा मेला लाग्ने गर्छ।धार्मिक र सांस्कृतीक विशेषताका कारण हरीबोधनी एकादशीको दिन प्रसादको रुपमा विशेषगरि सख्खरखण्ड,पिँडालु,कन्दमुल र फलफूल मन्दिरमा चढाएर ब्रतालुहरुले प्रसादको रुपमा खाने गर्छन।
"अग्लेश्वर महादेव र हरिबोधिनी एकादशी पर्व"
राजधानीबाट पुर्वीतर्फ रामेछाप जिल्लाको दोरम्बा शौलुङ्ग गाउँपालिकामा करिब २५सय मिटर उचाइमा पर्वतीय श्रिँखलामा अग्लेश्वर महादेव अवस्थित छ। घनाजङ्गलको विशाल चट्टानमा अग्लेस्वर महादेवको मन्दिर रहेको छ। अग्लेस्वर महादेव परिसरमा हरिबोधिनी एकादशी पर्वमा धार्मिक अनुस्ठानका अलवा मेला लाग्ने गर्दछ। विविधतायुक्त धार्मिक अनुष्ठान हुने भएकोले बौद्ध मार्गीहरुले झान्क्री र लामाबाट समेत बिधिवत क्रियाकलाप गर्दछन् । हरिवोधनी एकादशीका दिन अग्लेश्वर महादेवको धार्मिक अनुष्ठानमा मुलतः परिवारमा भइरहेका कुनै पनि अवरोध र दुर्भाग्यहरूलाई हटाउन सहयोग गर्ने विश्वासका साथ श्रद्धाभाबपुर्ण भावले भक्तजन र तिर्थालुहरु भिड लाग्ने गर्दछ।अविवाहित महिलाहरुले राम्रो वर पाउने योग साथै निसन्तान दम्पतीहरुले विशेष आशिष् पाउने पुरातन विश्वास रहेको छ।
वैदिक पुराणमा अन्य एकादशीमा भन्दा यस दिन गरिने भगवान् विष्णुको उपासना बढी फलदायी हुने कुराको उल्लेख गरिएको छ। यस दिन गरिने स्नान, दान, तप आदि सबै कार्य अक्षय फलदायी हुने भएकाले अग्लेश्वर महादेवको महिमा बिशेष मह्त्वको रूपमा भक्तजनहरुले लिने गरेका छन् ।