News Desk
भष्ट्रा
भक्तपुर, मंसिर २३ गते
नागरिक समाज संजाल भक्तपुरले भष्ट्राचार विरुद्धको अन्तर्राष्ट्रिय दिवश(२०२१ को अवसरमा नागरिक समाजका अगुवाहरुले भक्तपुर जिल्लाका विभिन्न स्थानहरुबाट हस्ताक्षर संकलन गरि भष्ट्राचार विरुद्ध ऐक्यबद्धता जनाउँदै भक्तपुर जिल्लाको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई हस्तान्तरण गरेका छन् । तपाईको अधिकार, तपाईको भुमिका, भ्रष्टचारलाई हुन्न भनौ भन्ने नाराका साथ मनाईएको उक्त दिवशका अवसरमा भक्तपुर जिल्लामा भई गरेको र हुन सक्ने भष्ट्राचारलाई निर्मुल पार्न र जिल्लाका सार्वजनिक सेवा प्रवाह गर्ने निकायहरुलाई भष्ट्राचार विरुद्ध एकबद्ध हुन अपिल गर्दै नागरिक समाज संजाल भक्तपुरका अध्यक्ष एंव भक्तपुर बारका अध्यक्ष रविन्द्र प्रधानको नेतृत्वमा संजालका प्रतिनिधिहरु सहितको उपस्थितिमा हस्तान्तरण गरिएको हो। हस्ताक्षर बुझ्दै प्रजिअ शर्माले नागरिक समाजहरु यसरी जागरुप भई सरोकारवाला निकायहरुलाई अझै जवाफदेही, पारदर्शी र सुशासन कायम गर्न भष्ट्राचार विरुद्ध एक हुन सचेतना र जागरण फैलाउने गरि नागरिक समाज गरेको यस्तो पहल कदमी प्रति खुशी व्यक्त गर्दै नागरिक समाज र संघ संस्थाहरुसँग हातेमालो गरि भक्तपुर जिल्लामा हुने भष्ट्राचार विरुद्ध लागि पर्ने प्रतिबद्धता व्यक्त गरिन्।