सुष्मा तास्कन्द जान पाइनन्
News Desk
Jan-20 , 2022 तारिख 02:57 बेलुका

काठमाडौँ —  ०६ माघ २०७८  

काठमाडौँ , उज्वेकिस्तानको तास्कन्दमा हुने एएसबीसी यू–२२ पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा नेपालको सहभागिता नहुने भएको छ । छनोट भएकी एकमात्र महिला खेलाडी सुष्मा तामाङ (४८ केजी) को उडानपूर्व मंगलबार राति पीसीआर परीक्षणमा कोभिड–१९ पोजेटिभ रिपोर्ट आएकाले उनी जान पाइनन् ।

त्यसकारण नेपालको सहभागिता नहुने भएको नेपाल बक्सिङ संघले बुधबार विज्ञप्तिमार्फत जनाएको छ । संघका अनुसार खेलाडी सुष्माको स्वास्थ्य अवस्था सामान्य रहेको छ । स्पर्धा जनवरीमा २० मा सुरु हुने थियो ।   

( कान्तिपुर दैनिक )