नाडालले जिते कीर्तिमान २१ औं ग्रान्ड स्लाम
News Desk
Jan-31 , 2022 तारिख 01:11 बेलुका

सिड्नी — १७ माघ २०७८    

सिड्नी , स्पेनका राफेल नाडालले आइतबार कीर्तिमान २१ औं ग्रान्ड स्लाम उपाधि जितेका छन् । उनले अस्ट्रेलियन ओपनको फाइनलमा रुसका डानियल मेदभेदेभलाई पाँच सेटको कडा प्रतिस्पर्धात्मक खेलमा हराए । त्यसमा नाडाल २–६, ६–७ (५/७), ६–४, ६–४ र ७–५ ले विजयी रहे ।

सुरुआती दुई सेट गुमाएर पनि नाडालले खेलमा उत्कृष्ट पुनर्आगमन रहेका हुन् । उनले अस्ट्रेलियन ओपन जितेको भने यो दोस्रोपल्ट हो । यो जितपछि विश्व टेनिस इतिहासकै नाडाल सर्वाधिक सफल खेलाडी भएका छन् । यसअघि नाडालसँगै रोजर फेडेरर र नोभाक जोकोभिचले समान २० ग्रान्ड स्लाम जितेका थिए ।                    

( कान्तिपुर दैनिक )