लिभरपुलको एक पाइला क्वाटरफाइनलमा
News Desk
Feb-17 , 2022 तारिख 12:22 बेलुका

पेरिस — ०५ फागुन २०७८   

पेरिस , लिभरपुलले युरोपेली च्याम्पियन्स लिगमा बुधबार इन्टर मिलानलाई सानसिरोमा २–० ले हराएर एक पाइला क्वाटरफाइनलमा चालेको छ । दुवै गोल खेलको अन्त्यतिर भएका थिए । खेल गोलरहित बराबरीतर्फ अग्रसर भएको बेला ब्राजिली खेलाडी रोबर्टो फिरमिनोले पहिलो गोल गरे । मोहमद सलाहले दोस्रो गोल थपे । अब अन्तिम १६ को दोस्रो लेगको खेल मार्च ८ मा एनफिल्डमा हुनेछ र लिभरपुल क्वाटरफाइनल प्रवेशका लागि बलियो प्रत्यासी बनेको छ ।

बुधबारकै अर्को खेलमा छ पल्टको विजेता बायर्न म्युनिकले रेड बुल साल्जबर्गलाई १–१ को बराबरीमा रोकेको छ । किंग्स्ली कोमनले ९० औं मिनेटमा गोल गरेपछि बायर्न बराबरीको नतिजा निकाल्न सफल भएको हो । साल्सबर्गले एडमुको गोलले सुरुआती अग्रता लिएको थियो ।               

( कान्तिपुर दैनिक )