एटलेटिको र म्यानचेस्टर युनाइटेडबीच बराबरी
News Desk
Feb-24 , 2022 तारिख 02:33 बेलुका

पेरिस — १२ फागुन २०७८   

पेरिस , युरोपेली च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा म्यानचेस्टर युनाइटेडले बुधबार एटलेटिको म्याड्रिडलाई १–१ को बराबरीमा रोकेको छ । एटलेटिकोले आफ्नो घरमा भएको खेलमा जाओ फेलिक्सको गोलले अग्रता लिएको थियो । दोस्रो हाफमा म्यानचेस्टरका लागि एन्थोनी एलान्गाले गोल गरे ।

अब एटलेटिको म्यानचेस्टरको भ्रमणमा निस्कनेछ र त्यसमा घरेलु टिमलाई अब गोलको फाइदा हुन सक्नेछ । बुधबारकै अर्को खेलमा बेनफिका र आयाक्सले २–२ को बराबरी खेलेका छन् । यस नतिजापछि आयाक्सले पनि दोस्रो लेगको खेलमा गोलको फाइदा पाउन सक्नेछ । 

x( कान्तिपुर दैनिक )