बार्सिलोना युरोपा लिगको अन्तिम १६ मा
News Desk
Feb-25 , 2022 तारिख 11:54 बिहान

पेरिस — १३ फागुन २०७८    

पेरिस , बार्सिलोनाले नेपोलीमाथि बिहीबार उत्कृष्ट जित निकाल्दै युरोपा लिगको अन्तिम १६ को यात्रा तय गरेको छ । दोस्रो लेगमा बार्सिलोना ४–२ ले विजयी रह्यो र समग्रमा ५–३ ले अगाडि रह्यो । बार्सिलोनाका लागि जोर्डी अल्बा, फ्रेन्क डे जोङ, जेरार्ड पिके र पिएरे एमरिक अबमेयाङले गोल गरे ।

अब बार्सिलोनाले क्लब इतिहासमै पहिलोपल्ट युरोपा लिग जित्ने अवसर बनाउन सक्छ । बोरुसिया डर्टमन्ड भने प्रतियोगिताबाट बाहिरिने ठूलो नाम बनेको छ । रेन्जर्सले उसलाई दोस्रो लेगमा २–२ को बराबरीमा रोक्दै समग्रमा ६–४ को अग्रता लिएको हो ।                 

( कान्तिपुर दैनिक )