साथीको उपचारको लागि हामिले जित्नु थियो : कप्तान शाह
News Desk
Apr-10 , 2022 तारिख 10:09 बिहान

कचनकवल – २७ चैत २०७८   

कचनकवल, चैत्र २५ गते शुक्रवार , नेपालकै सबै भन्दा होचो भुभाग भएको कचनकवल गाउ पालिका वडा नं ६ स्थित खेल मैदानमा बिगत एक हफ्ता देखि संचालित कचनकवल गाउँ पालिका वडा स्तरिय नकआउट फुटबल टुर्नामेन्ट स्थानिय बनियानी फुटबल क्लबले जितेको छ। बगान फुटबल क्लब सग भएको फाइनल खेलमा २-१ को अग्रता सहित बनियानिले जित निकालेको हो। खेलको पहिलो पहिलो हाल्फमा आयुश अधिकारीको गोल बाट अग्रता लिएको बनियानिले म्यान अफ द म्याच राकेश शाहको गोलबाट अग्रता दोब्बर बनाएको थियो। दोश्रो हाफको अन्तिम समयमा बगान क्लबका तर्फबाट नवीन रेग्मिले एक गोल फर्काए पनि हार रोक्न सकेनन।

झापा जिल्ला निर्वाचन क्षेत्र नं ३ प्रदेश क का साम्सद माननीय वसन्त बानियाको प्रमुख आथित्य र आयोजक समिती अध्यक्ष नवराज ढुंगानाको सभापतित्वमा संचालित समापन कार्यक्रम समितीका कोषाध्यक्ष आशिष वाग्लेले चलाएका थिए। सो खेलका टप स्कोरर बनियानिका क्याप्टेन राजेश शाह भएका थिए यसै गरि बेश्ट गोल किपर बनियानिका सचिन शाह र बेश्ट डिफेन्डर बगान क्लबका अभिषेक गुरुङ्ग भएका थिए। नगद पुरस्कार २०००० रुपैया र ट्रफी जितेको बनियानी क्लबका कप्तान राकेश शाहले जितको सम्पुर्ण रकम आफ्ना टिमका पुर्व खेलाडी नितेश बेश्राको उपचारका लागि हस्तान्तरण गरेका थिए।

खेल खेल्ने क्रममा एसिएल टियर भइ लिगामेन्ट र नशामा समस्या आए पश्चात् करिब २५०००० रुपैया अपरेसन खर्च लाग्ने बेश्रा आर्थिक रुपमा अति बिपन्न परिवारका हुन। बैदेशिक रोजगारिको क्रममा आफ्नो बाबू प्यारालाइसिस भइ घर ल्याइएको बेश्राको सहयोगार्थ आयोजकले थप रकम पनि संकलन गरि रहेको समितिले जनाएको छ। हाम्रो साथिको उपचारको लागि रकम जुटाउन पनि हामिले यो खेल जित्नै पर्ने दवाबको साथ खेलेका हौ, जित घाइते बेश्राको लागि हो भन्दै भावुक क्याप्टेन राजेश शाहले सहयोगको अपिल पनि गरेका छन।