इटालियन सिरी ए फुटबल : एसि मिलान, इन्टर मिलान र युभेन्ट्सको जित
News Desk
May-02 , 2022 तारिख 12:30 बेलुका

काठमाडौं – १९  बैशाख २०७९  

काठमाडौं, इटालियन सिरी ए फुटबल अन्तरगत आइतबार राति भएको खेलमा इन्टर मिलान, एसि मिलान र युभेन्ट्सले जित निकालेका छन् । उपाधी दौडमा रहेको इन्टरले उडिनेसलाई २-१ अन्तरले हरायो । इन्टरको जितमा इभान पेरिसिक र लाउटारो मार्टिनेजले एक एक गोल गरे । उडिनेसका लागि पुसेटोले एक गोल गरे ।

अर्को खेलमा एसी मिलानले फियोरेन्टिनालाई १-० अन्तरले हरायो । मिलानको जितमा राफायल लिओले खेल सकिन आठ मिनेट अघि निर्णायक गोल गरे । यस्तै अर्को खेलमा युभेन्ट्सले भेनेजियालाई २-१ गोल अन्तरले हरायो । युभेन्ट्सको जितमा लियोनार्दो बोनुचीले दुई गोल गरे ।

भेनेजियाको लागि माटिया अरामुले एक गोल गरे । खेलसंगै सिरी एको उपाधी होड थप प्रतिस्पर्धात्मक बनेको छ । समान ३५ खेल खेलेको एसि मिलान ७७ अंक सहित पहिलो, ७५ अंकको इन्टर मिलान दोस्रो र ७० अंकको नापोली तेस्रो स्थानमा छ । ६९ अंकको युभेन्ट्स चौथो स्थानमा छ ।