उरुग्वेलाई २–० गोल अन्तरले हराउँदै पोर्चुगल नकआउट चरणमा
News Desk
Nov-29 , 2022 तारिख 11:43 बिहान

पोर्चुगलले उरुग्वेलाई २–० गोल अन्तरले हराउँदै विश्वकप फुटबलको नकआउट चरणमा स्थान बनाएको छ। ब्रुनो फर्नाण्डेसको दुई गोलमा पोर्चुगलले उरुग्वेमाथि जित हासिल गरेको हो। खेलको ५४ औँ मिनेटमा ब्रुनोले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको इन्जुरी समयमा पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै उनले पोर्चुगललाई २–० को जित दिलाए । पोर्चुगलले समूह ‘एच’ बाट निरन्तर दुई खेल जित्दै नकआउट चरणमा स्थान बनायो।  शीर्ष स्थानमा रहेको पोर्चुगलले २ खेलमा ६ अंक जोडेको छ।​

उरुग्वे १ अंक जोडेर अन्तिममा रहेको छ ।