News Desk
अष्ट्रेलिया फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। कतारको अल जानुब स्टेडियमा गएराति डेनमार्कलाई १–० ले पराजित गर्दै अष्ट्रेलिया राउण्ड अफ १६ मा प्रवेश गरेको हो।
अष्ट्रेलिया १६ वर्षपछि नकआउट चरणमा पुगेको हो। खेलको ६० औँ मिनेटमा अष्ट्रेलियाका म्याथ्यु लेकीले गोल गरे। यो नै निर्णायक गोल बन्यो। ३ खेलमा ६ अंक अष्ट्रेलिया समूह ‘डी’ को उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ।
डेनमार्क १ अंकसहित समूह चरणबाट बाहिरिएको छ।