इरानलाई हराउँदै अमेरिका फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश
News Desk
Dec-01 , 2022 तारिख 12:06 बेलुका

काठमाडौं । इरानलाई हराउँदै अमेरिका फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। मंगलबार राति इरानलाई १–० गोल अन्तरले हराउँदै अमेरिका राउण्ड अफ १६ मा प्रवेश गरेको हो।अमेरिकाको जितमा क्रिस्टियन पुलिसिचले निर्णायक गोल गरे। उनले खेलको ३८ औं मिनेटमा गोल गरेका थिए।

यस जितसँगै अमेरिका समूह बी को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो।अमेरिकाले ३ खेलमा ५ अंक जोड्यो। इरान ३ अंक जोडेर तेस्रो स्थानमा रहदै प्रतियोगिताबाट बाहिरिएको छ।