विद्याआर्जन विद्यालयको बार्षिक खेलकुद महोत्सव शुभारम्भ
News Desk
Jan-31 तारिख 09:58 बिहान

कागेश्वरी मनोहरा नगरपालिकाको मुलपानी, बाबाचोकमा अवस्थित विद्या आर्जन स्कुलले आज, माघ १७ गते विद्यालयको वार्षिक खेलकुद महोत्सवको एक विशेष कार्यक्रमका बीच समुद्घाटन गरेको छ। विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष गणेश दहालको अध्यक्षता र कागेश्वरी मनोहरा नगरपालिकाको शिक्षा तथा खेलकुद शाखा प्रमुख बिमल प्रसाद निरौलाको प्रमुख आतिथ्यतामा सञ्चालन गरिएको कार्यक्रममा प्याव्सन नगर कमिटीका अध्यक्ष श्रीराम दहाल, मार्शल आर्ट खेलसँग आबद्ध लेखक, प्रशिक्षक डि एन् घिसिङ, युवा स्काउटर तथा पत्रकार शुदर्शन बजगाईं, तेक्वान्दो प्रशिक्षक तथा अन्तर्राष्ट्रिय खेलाडी प्रेम भण्डारी, पत्रकार विश्व आचार्य, विद्यालका पुर्व विद्यार्थी तथा एन्फा रेफ्री प्रमोद थापा लगायतको उपस्थिति थियो।

सोही अवसरमा समारोह माझ कागेस्वरी नगरपालिकाका शिक्षा तथा खेलकुद शाखाका प्रमुख बिमल प्रसाद निरौलाले औपचारिक रुपमा उदघाटन गर्नु भएको थियो।प्ले टोउ लर्न एन्ड लर्न टु प्ले नारा सहित शुभारम्ब भएको खेल महोत्सवमा बास्केटबल तेक्वान्दो डौड लगायत खेल समाबेश गरिएको छ।कार्यक्रममा मन्तब्य व्यक्त गर्नुहुँदै प्रमुख अतिथि निरौलाले विद्यार्थीहरुको शारीरिक र मानसिक विकास गर्न खेलकुद गतिविधि अनिवार्य रहेको बताउनुभयो।उहाँले शैक्षिकसत्रसँगै खेलकुदका प्राविधिक ज्ञान बिद्यार्थी माझ अभ्यस्त गराउन सके दक्ष नागरिक तयार हुने बताउनुभयो।

कार्यक्रममा अतिथिहरुलाई स्वागत गर्दै विद्यालयका प्रधानाध्यापक घनेन्द्र भट्टराईले विद्यालले शिक्षासँगै खेलकुद र अतिरिक्त क्रियाकलापलाई पनि उत्तिकै महत्व दिएको बताउनुभयो। उपस्थित अतिथिहरुले खेलाडीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी बन्ने सपना राख्न सुझाव दिदै जितको लागि शुभकामना व्यक्त गर्नुभयो भने प्रमुख अतिथिले विद्यालयको कार्यको प्रशंसा गर्दै नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभयो।

विद्यार्थीहरुले राष्ट्रिय गीतमा स्वागत नृत्य प्रस्तुत गरेका थिए भने तेक्वान्दो खेलाडीहरुलाई आफ्नो कौशल प्रस्तुत गरेका थिए।

धेरै पढिएको