नेपालले पाकिस्तानलाई दियो कडा चुनौती, ३५ ओभरमा ४ विकेटको क्षतिमा पाकिस्तानलाई १८० रन 
News Desk
Aug-30 , 2023 तारिख 11:43 बेलुका


राज्य दैनिक
काठमाण्डौं । नेपालले पाकिस्तानलाई दियो कडा चुनौती दिएको छ । मुल्तान रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानले ३५ ओभरमा ४ विकेट गुमाउँदै १ सय ८०  रन बनाएको छ ।बाबर आजम ९१ बलमा ४ चौकासहित ८१ रनमा क्रिजमा छन् ।

उनलाई इफ्तिखार अहमदले साथ दिएका छन्। उनले २५ बलमा २४ रन जोडेका छन् । रिजवान २४ औं ओभरको चौथो बलमा ५० बलमा ६ चौकासहित ४४ रनमा रन आउट भए । दीपेन्द्रको डाइरेक्ट थ्रो बलमा रिजवान रन आउट हुन पुगेका थिए ।

एक समय ६।१ ओभरमा २५(२ को अवस्थामा पुगेको पाकिस्तानलाई तेस्रो विकेटका लागि रिजवान र बाबरले १ सय ६ बलमा ८६ रनको साझेदारी गरेका थिए । नेपाललाई पहिलो सफलता तीव्र गतिका बलर करण केसीले दिएका थिए । करणको छैटौं ओभरको तेस्रो बलमा ओपनर फखार जमान एज लागेर विकेटकिपर आसिफ शेखबाट १४ रनमा क्याच आउट भए ।

सातौं ओभरको पहिलो बलमा रोहित पौडेलले डाइरेक्ट थ्रोमा इमाम उल हकलाई ५ रनमा रन आउट गरेका थिए । त्यसअघि आरिफ शेखले पाँचौं ओभरको पाँचौं बलमा इमाम उल हकलाई ब्यक्तिगत पाँच रनमा जीवनदान दिएका थिए । तर उक्त जीवनदानको उनले फाइदा उठाउन सकेनन् ।