महिला कबड्डीमा नेपालको कास्य पदक पक्का
News Desk
Oct-06 , 2023 तारिख 06:42 बेलुका

हान्झाउ । चीनमा जारी १९ औं एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपालले कास्य पदक पक्का गरेको छ । सेमिफाइनलमा शुक्रबार भारतसँग ६१(१७ ले पराजित भएपछि नेपालले कास्य पदकमा चित्त बुझाएको हो । पराजित हुने दुवै टिमले कास्य पदक पाउने प्रावधान अनुसार नेपालले उक्त पदक हासिल गर्ने भएको छ । 

यसअघि समूह चरणको पहिलो खेलमै बंगलादेशलाई हराएको नेपाल इरानसँग हारेपछि समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनल पुगेको थियो ।

नेपाललाई हराएपछि भारत फाइनल पुगेको छ ।