अस्ट्रेलिया भ्रमण गर्न लागेका उपाध्यक्ष डा. प्रसाईको कराते महासंघले गर्यो बिदाई 
News Desk
Oct-17 , 2023 तारिख 10:46 बेलुका

काठमाण्डौं । अक्टोबर २० देखि २९ सम्म अस्ट्रेलियाको सिडनीमा हुनगईरहेको कार्यक्रममा भाग लिनका लागि बुधबार सोतर्फ प्रस्थान गर्न लाग्नुभएका महासंघका उपाध्यक्ष डा. ओमकृष्ण प्रसाई लाई नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा तथा महासचिव दावा गुरुङले बिदाई गर्नुभएको छ । खुल्ला विश्वविद्यालय अस्ट्रेलिया तथा अस्ट्रेलियन सरकार अन्तर्गत रहेको अस्ट्रेलियन स्पोर्ट्स कमिसनको निमन्त्रणामा उहाँ अस्ट्रेलिया जान लाग्नुभएको हो । 

प्रसाईले खुल्ला विश्वविद्यालय संघ नेपालमा खेलकुदलाई प्राज्ञिकतासंग कसरी जोडन सकिन्छ भन्ने बिषयमा छ्लफल गर्ने तथा अस्ट्रेलियन स्पोर्ट्स कमिसनसंग नेपाली खेलकर्मीहरुको योग्यता, ज्ञान ,सीपहरूलाई कसरी परिस्कृत गर्दै वैज्ञानिक बनाउने भन्ने बिषयमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । 

साथै, उपाध्यक्ष प्रसाईले ईन्टरनेसनल स्पोर्ट्स कराते एशोसिएसले आयोजना गर्न लागेको  वर्ल्ड कपमा भेट्रान ४५ बर्ष माथिको कराते कुबुदो प्रतियोगितामा समेत भाग लिने कार्यक्रम रहेको छ ।