News Desk
काठमाण्डौ । नेपाली सेनाका गजेन्द्र राईले ११ औं संस्करणको लिगलिगे दौड जितेका छन्। गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ५ चेपे घाटबाट लिगलिगकोटसम्म १३.८ किमी दौड ५६ मिनेट ३६ सेकेन्डमा पार गर्दै उनी विजेता बनेका हुन्।
दौडिएर राजा हुने इतिहासलाई निरन्तरता दिँदै बुधबार ११ औं संस्करणको लिगलिगे दौड भएको थियो। सेनाका राई पहिलो भएर एक लाख रुपैयाँ पुरस्कार जितेका छन्।
सेनाका नरेन्द्रसिं रावत लिगलिगे दौडमा दोस्रो भएका छन्। उनले ५६ मिनेट ५३ सेकेन्डमा दौड पूरा गरेका थिए। उनले ५० हजार रुपैयाँ पुरस्कार जितेका छन्।
त्यस्तै, अनिश थापा ५८ मिनेट ३५ सेकेन्डमा दौड पूरा गरी तेस्रो भएका छन् । तेस्रो भएका उनले २५ हजार रुपैयाँ पुरस्कार जितेका हुन्।