News Desk
काठमाडौं । पलेशा गोवर्द्धनले चीनको हाङ्गचौमा जारी एसियन पारा गेम्स २०२२ मा ऐतिहासिक कास्य पदक जितेकी छिन् । पारा तेक्वान्दो खेलाडी पलेशा यस कास्यसँगै एसियन पारा गेम्समा पदक जित्ने पहिलो नेपाली खेलाडी बन्न सफल भइन् । उनले पारा तेक्वान्दोको महिला के४४ को ५७ केजी तौल समूहमा उक्त कास्य पदक जितेकी हुन् ।
पहिलो खेलमा चीनकी याङ लिटिंगलाई १४-१ ले हराउँदै पलेशा सेमिफाइनलमा प्रवेश गरेकी पलेशालाई सेमिफाइनलमा भने कजाकस्तानकी कमिल्या दोसमलोभासँग १६-१० ले रोकिन् । रेपेचेजमा उनले बाई प्राप्त गरेपछि कास्य पदक पक्का भएको हो ।