News Desk
काठमाण्डौ । आइसिसी टी-२० विश्वकप छनोटमा नेपालले मलेसियाविरूद्ध पहिलो विकेट लिएको छ। नेपालका लागि अभिनास बोहराले पहिलो विकेट लिएका हुन् । उनले जुबइदीलाई २४ रनमा आउट गरे।कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने खेलमा टस जितेको मलेसियाविरुद्ध नेपालले पावर प्ले सकिनु दुई बलअघि विकेट लिन सफल भएको हो।
मलेसियाले पावरप्ले (६ ओभर)मा १ विकेटको क्षतिमा ६० रन जोड्न सफल भयो। समूह ए मा रहेको नेपालले सोमबार भएको पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गरेको थियो।
नेपालले आजको खेल जिते सेमिफाइनल पुग्नेछ। नेपालसँगै ओमान पनि समूहबाट अन्तिम चारमा पुग्नेछ। नेपालले समूह चरणको आफ्नो अन्तिम खेल पर्सी ओमानसँग खेल्नेछ।
नेपाललाई विश्वकप एसिया छनोटको उपाधि दाबेदारका रूपमा हेरिएको छ। प्रतियोगिताको फाइनल पुग्ने टिम अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी-२० विश्वकप खेल्नेछ।