मलेसियाले बनायो १६५ रन 
News Desk
Oct-31 , 2023 तारिख 08:43 बेलुका

काठमाण्डौ । आइसिसी टी-२० विश्वकप छनोटमा  मलेसियाले नेपालविरूद्ध  १६५ रन बनाएको छ । टस जितेर पहिले ब्याटिंग गरेको मलेसियाले कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा ९ विकेटको क्षती बिस ओभरमा  १६५ रन बनाएको हो । 

नेपालले आजको खेल जिते सेमिफाइनल पुग्नेछ। नेपालसँगै ओमान पनि समूहबाट अन्तिम चारमा पुग्नेछ। नेपालले समूह चरणको आफ्नो अन्तिम खेल पर्सी ओमानसँग खेल्नेछ।

नेपाललाई विश्वकप एसिया छनोटको उपाधि दाबेदारका रूपमा हेरिएको छ। प्रतियोगिताको फाइनल पुग्ने टिम अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी-२० विश्वकप खेल्नेछ।