मलेसियाविरूद्ध कुशल भुर्तेलले बनाए २५ बलमा ४३ रन,  नेपालले गुमायो पहिलो विकेट
News Desk
Oct-31 , 2023 तारिख 09:27 बेलुका

काठमाण्डौ । आइसिसी टी-२० विश्वकप अन्तर्गत मलेसियाले दिएको १६६ रनको लक्ष्य पछ्याएको नेपालले पहिलो विकेट गुमाएको छ।  ओपनर कुशल भुर्तेल ४३ रन बनाएर आउट भएका छन्। ५।३ ओभरमा आउट हुनुअघि उनले २५ बलमा ४ चौका र ४ छक्का प्रहार गरे। त्यतिबेला नेपालले १ विकेटको क्षतिमा ४९ रन जोडेको थियो।