News Desk
लियोनल मेस्सीले आठौं पटक ‘बालोन डि ओर अवार्ड’ जितेका छन्। सोमबार राति पेरिसमा भएको अवार्ड समारोहमा अर्जेन्टिनी तथा इन्टर मियामी फरवार्ड ३६ वर्षीय मेस्सीले बालोन डि ओर जितेका हुन्। मेस्सीले पछिल्लो पटक कतारमा भएको विश्वकपमा अर्जेन्टिनाका लागि उपाधि जितेका थिए।
यसअघि मेस्सीले सन् २००९, २०१०, २०११, २०१२, २०१५, २०१९ र २०२१ मा गरि सात पटक बालोन डि ओर जिती सकेका थिए।
मेस्सीले म्यानचेष्टर सिटीका फरवार्ड एर्लिङ हालान्डलाई पछि पार्दै कीर्तिमानी बालोन डी ओर अवार्ड जितेका हुन्।
यो प्रतिस्पर्धामा फ्रान्सका स्टार फरवार्ड केलियन एमबाप्पे तेस्रो भए। विश्वकपको फाइनलमा अर्जेन्टिनासँग टाइब्रेकरमा ४–२ ले पराजित हुँदा एमबाप्पेले ह्याट्रिक गरेका थिए।
कीर्तिमानी आठ पटक बालोन डि ओर जितेपछि मेस्सीले भने, ‘यस क्षणको आनन्द लिन यहाँ आउन पाउँदा खुसी लागेको छ। मैले आफ्नो करियर र मैले हासिल गरेका सबै कुराहरुमा इतिहासको उत्कृष्ट बन्नुपर्ने भाग्यको कल्पना समेत गर्न सक्दिन।’