News Desk
एसीसी यू–१९ एसिया कप खेल्न नेपाली युवा टोली आज बुधबार संयुक्त अरब इमिरेन्ट्स (यूएई) प्रस्थान गरेको छ।
अघिल्लो महिना भएको एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपालले एसिया कपमा स्थान बनाएको थियो। एसिया कपपछि नेपालले यू–१९ विश्वकप खेल्नेछ।
प्रिमियर कप जित्ने टोलीबाट ३ खेलाडी समेट्दै मुख्य प्रशिक्षक जगत टमाटाले १४ सदस्यीय अन्तिम टोली घोषणा गरिसकेका छन।
मख्य प्रशिक्षक टमाटाले अलराउण्डर गुल्सन झा, बाँया हाते ब्याटर विपिन रावल, लेगस्पिनर तिलक राज भण्डारीलाई समेट्दै नयाँ टोली बनाएका हु्न।
यी खेलाडीले एसिया कपका लागि स्थान बनाउँदा तीव्र गतिका बलर दुर्गेश गुप्ता, मिलन बोहोरा र दिपक बोहरा भने टोलीमाअटाउन सकेनन।
एसिया कप टोली
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक डुम्रे, हेमन्त धामी, गुलशन झा, दीपेश कंडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहोरा, उत्तम रंगु थापा मगर, विपिन रावल, तिलक राज भण्डारी, आकाश चन्द।