News Desk
काठमाडौँ | प्रधानमन्त्री कप महिला टी-२० क्रिकेटमा कोशी प्रदेशले कर्णाली प्रदेशलाई १० विकेटले पराजित गरेको छ।
मूलपानी क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ३३ रनमात्र बनाउन सक्यो।
३४ रनको सामान्य लक्ष्य पछ्याएको कोशी प्रदेशले ३ दशमलव १ ओभर खेल्दै विना विकेटको क्षतिमा लक्ष्य भेट्टायो। कर्णालीका लागि रुवीना क्षेत्रीले अविजित २५ रन बनाइन् भने काजल श्रेष्ठले अविजित ५ रन जोडिन्।
कीर्तिपुरमा भएको अर्को खेलमा लुम्बिनीले गण्डकी प्रदेशलाई ४ विकेटले हराएको छ। १०३ रनको विजयी लक्ष्य पाएको लुम्बिनीले १७ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो।
लम्बिनीका लागि लक्ष्मी चौधरीले सर्वाधिक ४२ रन जोड्दा सरस्वती जिएमले १२ रनको योगदान गरिन्।
गण्डकीकी श्रृष्टि जैसीले २ तथा कुसुम गोदार र सुमन खतिवडाले १/१ विकेट लिए।
त्यसअघि शुरुवाती ब्याटिङ गरेको गण्डकीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १०२ रन बनाएको थियो।
त्यसअघि आजै भएका अघिल्ला दुई खेलमा बागमती र विभागीय टोली एपीएफले खेल जित्दै २/२ अंक जोडेका थिए।