ललितपुर सिटी बन्यो नेपाल सुपर लिग फुटबलको उपाधि विजेता
News Desk
Dec-31 , 2023 तारिख 11:45 बिहान

नेपाल सुपर लिग (एनएसएल) फुटबलको उपाधि ललितपुर सिटीले हात पारेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा धनगढी एफसीलाई ३–२ ले हराउँदै ललितपुरले उपाधि उचालेको हो। 

पहिलो हाफमा दुवै टोली १–१ को बराबरीमा भए पनि दोस्रो हाफमा ललितपुरले नतिजा आफ्नो पक्षमा पार्‍यो। 

ललितपुरका लागि इमो इजकिएलले १ गोल‚ खेलको ४९औँ मिनेटमा दिनेश हेञ्जनले १ गोल र ५७औँ मिनेटमा इमोले १ गोल गरेका थिए।

धनगढीका लागि खेलको ३७औँ मिनेटमा ओलावाले हाफिजले १ गोल र अहमद हिजाजीले अतिरिक्त समयमा १ गोल गरेका थिए।