इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुललाई तीन अंकको अग्रता
News Desk
Jan-02 , 2024 तारिख 01:21 बेलुका

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुलले तीन अंकको अग्रता बनाएको छ। 

 

गएराति भएको खेलमा शीर्षस्थानको लिभरपुलले न्युक्यासललाई ४–२ गोलले हरायो।

 

लिभरपुलका लागि मोहम्मद सलाहले दुई तथा कर्टिस जोन्स र कोडी गाक्पोले समान एक–एक गोल गरे। 

सलाहले खेलको ४९औँ र ८६औँ मिनेटमा पेनाल्टीमा गोल गरे। न्युक्यासलका अलेक्जेन्डर इसाक र स्वेन बोटम्यानले एक–एक गोल फर्काए। जितसँगै लिभरपुलको २० खेलमा ४५ अंक भएको छ।

दोस्रो स्थानमा रहेको एस्टनभिल्लाको समान खेलमा ४२ अंक छ । लिभरपुलसँग पराजित न्युक्यासलको २० खेलमा २९ अंक रहेको छ।