आईसीसी यू–१९ क्रिकेट विश्वकपका लागि नेपाली टोली घोषणा
News Desk
Jan-05 , 2024 तारिख 12:37 बेलुका

काठमाडौं आईसीसी यू–१९ क्रिकेट विश्वकपका लागि नेपाली टोली घोषणा भएको छ । 

नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार देव खनालको कप्तानीमा १५ सदस्यीय टोली सार्वजनिक गरेको हो । 

जनवरी १९ देखि दक्षिण अफ्रिकामा हुने विश्वकपमा नेपाल समूह ‘डी’ मा छ। यो समूहमा नेपालसँगै अफगानिस्तान, पाकिस्तान र न्युजिल्याण्ड छन् ।

नेपालले जनवरी २१ मा न्युजिल्याण्डविरुद्ध खेल्दै प्रतियोगिताको शुरू गर्नेछ।

नेपाली टिम- सदस्य

देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दुर्गेश गुप्ता, विशालविक्रम केसी,गुलशनकुमार झा, दिपेशप्रसाद कँडेल, दिपकप्रसाद डुम्रे, सुभाष भण्डारी, दिपक बोहरा, विपिन रावल, उत्तम रंगु थापा, तिलकराज भण्डारी, दिपक बोहरा र आकाश चन्द।