दिपकको घातक बलिङ्ममा उदयपुर विजयी
News Desk
Jan-14 , 2024 तारिख 12:36 बिहान

सिरहाको लहानमा जारि राम लक्षमण टि-२० कृकेट प्रतियोगितामा उदयपुरले ८ विकेटको जित निकाल्दै प्रतियोगितामा सेमि फाईनलको यात्रा तय गरेको छ। 

लहान नगरपालिका वडा न ६ को आयोजनामा ट्रायल सेन्टरको खेल मैदानमा संचालित प्रतियोगितामा आयोजक न्यु स्टारलाई ८ विकेटले पराजित गर्दै क्वाटरमा प्रवेश गरेको उदयपुरले लहान लेजेन्डस विरुद्ध टस जितेर फिल्डिङ रोजेको थियो। निर्धारित २० ओभरको खेलमा ९ ओभर ५ वलमा आफ्ना सवै गुमाएर लहान लेजेण्डसले ५४ रन बनाएका थिए।

लहानका तर्फ बाट ३ वटा चौका प्रहार गर्दै सर्वाधिक १५ रन डब्लु महतोले बनाएका थिए भने अन्य खेलाडिले टिमका लागि दोहोरो अङ जोड्न सकेनन। उदयपुरका लागि कप्तानले सर्वाधिक ८ विकेट लिएका थिए जसमा ७ बोल्ड र १ क्याच रहेका छन। त्यसै गरि बिक्रम कार्कि र नविन महतोले १-१ विकेट लिएर टिमलाई सस्तैमा समेट्न सफल भएको थियो। 
जवाफि व्याटिङमा ५५ रनको लक्ष पच्छ्याएको उदयपुरले ६ ओभर १ वलमा २ विकेट गुमाउदै रन चेज गरेको थियो। टिमका लागि प्रकाश सुवेदिले ३३ रन र आसिष सुनुवारले १० रन बनाएका थिए । लहानका लागि अनिल शर्मा र सन्तोष अधिकारिले १-१ विकेट लिएको आयोजक अरुण भुजेलले जनाए l