आईसीसी विश्वकप क्रिकेट लिग-२ को खेल तालिका सार्वजनिक
News Desk
Feb-07 , 2024 तारिख 11:10 बिहान

नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्वकप क्रिकेट लिग-२ को खेल तालिका सार्वजनिक गरेको छ।

१० दिनसम्म नेपालमा सञ्चालन हुने त्रिकोणात्मक सिरिजमा नेपाल, नामिबिया र नेदरल्याण्ड्स सहभागी हुने छन्। 

क्यानले जारी गरेको खेल तालिकाअनुसार उदघाटन खेलमा नेपालले नामिबियासँग खेल्दै सिरिजको शुरुवात गर्नेछ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा फागुन ३ गते हुने पहिलो खेलमा नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुने भएको हो।

फागुन ५ मा हुने दोस्रो खेलमा नेपाल नेदरल्याण्ड्सँग खेल्नेछ।