एकदिवसीय शृंखलाको पहिलो खेलमा नेपाल ७ रनले विजयी
News Desk
Feb-09 , 2024 तारिख 01:10 बेलुका

एकदिवसीय शृंखलाको पहिलो खेलमा नेपालले क्यानडालाई ७ रनले हराएको छ।   कीर्तिपुर मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको नेपालले पुरा ओभर खेल्दै २२४ रन बनाएको थियो।

जीतका लागि ब्याटिङमा उत्रिएको क्यानडाले २१७ रन मात्र बनाउन सफल भयो। 

२२४ रन बनाउने क्रममा नेपालका ओपनर कुशल भुर्तेलले ६२ रनको योगदान दिए।  त्यस्तै आरिफ शेखले ३८ रन बनाए। कुशल मल्लले २०, सोमपाल कामीले २७, भीम सार्के १६, पवन शर्राफ १५, आसिफ शेख र कप्तान रोहितकुमार पौडेललाई व्यक्तिगत समान ८ रन र रिजन ढकालले ४  बनाए।

ललित राजवंशी र सुर्य तामाङले क्रमश १ र १० रनमा नटआउट रहे।  यी दुई टिमले तीन खेलको एकदिवसीय शृंखला खेल्नेछन।   नेपालले शनिबार शृंखलाको दोस्रो र सोमबार तेस्रो खेल खेल्नेछ।