राष्ट्रिय पारालिम्पिक कमिटी नेपालको छैठौं महाधिवेशन सम्पन्न , नयाँ नेतृत्व चयन
News Desk
Feb-10 , 2024 तारिख 12:36 बिहान

 राष्ट्रिय पारालिम्पिक कमिटी नेपालको छैठौं महाधिवेशन एवं २३ औं वार्षिक साधारणसभा कमिटीका अध्यक्ष राधा घलेको सभापतित्व एवं महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री माननीय सुरेन्द्र प्रसाद आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । 

कार्यक्रममा विशेष अतिथिको रुपमा बागमती प्रदेश खेलकुद परिषदका सदस्य सचीव सुर्यलाल भण्डारी, अतिथिमा कृतिपुर नगरपालिकाका पूर्व नगरप्रमुख रमेश महर्जन,ओलम्पिक कमिटीका सदस्य रमेश सिवाकोटी, काठमाडौं महानगरपालिका वडा कमिटीका अध्यक्ष दिनेश महर्जन लगायत विभिन्न पारा खेलकुदका अध्यक्ष एवं प्रतिनिधिको उपस्थिति रहेको थियो। 

राष्ट्रिय पारालिम्पिक कमिटी नेपालको प्रतिनिधिको रुपमा पारा यथलेटिक्स संघ नेपाल, राष्ट्रिय पारा पाँडि संघ नेपाल, राष्ट्रिय पारा भारोत्तोलन खेलकुद संघ नेपाल, राष्ट्रिय भलिबल एसोसिएसन नेपाल, राष्ट्रिय वोसिया संघ नेपाल, हिवलचियर डान्स एण्ड स्पोर्ट्स एसोसिएसन नेपाल, नेपाल बहिरा तथा दृष्टिविहिन पारा जुडो संघ, राष्ट्रिय हिवलचियर फेन्सिङ संघ नेपाल, नेपाल सुटिङ पारा स्पोर्ट्स संघ, पारा रोइङ एसोसिएसन नेपाल, नेपाल पारा ब्याडमिन्टन संघ, नेपाल पारा आर्चरी संघ, नेपाल पारा फुटबल संघ, राष्ट्रिय पारा बलिङ एसोसिएसन नेपाल, नेशनल फिजिकल, डिसाबिलिटि टेवल टेनिस संघ नेपाल, पारा साइकिङग एसोसिएसन नेपाल, एजुकेसन डिसाबिलिटि एसोसिएसन लगायतका संघबाट प्रतिनिधिका रुपमा सहभागिता रहेको थियो । 

कार्यक्रममा स्वागत मनतब्य राष्ट्रिय पारालिम्पिक कमिटीका वरिष्ठ उपाध्यक्ष केदारबाबु सिवाकोटीले राख्नुभएको थियो । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि माननीय मन्त्रीले पानसमा बत्ती बालि गरिएको थियो भने अतिथिहरुलाई स्वागतका लागि सेन्ट जर्ज स्कुल हाँडीगाँउका विद्यार्थीहरुले नृत्यद्वारा गरेका थिए । विशेष अतिथि सुर्यलाल भण्डारीले पारा खेलकुद राष्ट्रको लागि गौरबको कुरा हो र हामी सबै मिलि सहयोग गर्नुपर्छ । यसमा प्रदेश खेलकुद परिषद प्रतिबद्ध रहेको कुरा बताए । प्रमुख अतिथि माननीय मन्त्रीले पारा खेलकुद पछाडि नपर्ने गरि मन्त्रालयको तर्फबाट सहयोग रहने कुरा बताए । कार्यक्रममा कोषाध्यक्ष ओमनाथ शिवाकोटीले धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रमलाई उद्घाटन र बन्द सत्र गरि दुई भागमा बाँडिएको थियो । बन्द सत्रमा महासचिव र कोषाध्यक्षको प्रतिबेदन पेश गरिएको थियो । सहभागी प्रतिनिधिहरुले प्रस्तुत प्रतिबेदन माथि छलफल गरि सुझाव पेश गरिएको थियो । कार्यक्रमको अन्तिममा सभापति एवं अध्यक्ष राधा घलेले सबैले कार्यक्रममा सहयोग गरेकोमा धन्यवाद दिंदै सबैले सहयोग गर्दा मात्र सफल भइने कुरा बताइन् । महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । 

अध्यक्ष : राधा घले

सदस्यहरु : केदारबाबु शिवाकोटी, टेक बहादुर गुरुङ, उदय बहादुर लिम्बु , पशुपति पराजुली, विश्वास बस्नेत, ओमनाथ शिवाकोटी, सरोज श्रेष्ठ , रमेश शिवाकोटी, दिनेश महर्जन, विकास थापा, रामहरि गुरुङ ।