नेपालले नामिबियालाई दियो १६९ रनको लक्ष्य
News Desk
Feb-21 , 2024 तारिख 07:29 बेलुका

आईसीसी विश्वकप क्रिकेट लिग–टुमा नेपाल र नामिबियाबीचको खेलमा नेपालमा १६८ रनमा समेटिएको छ। त्रिवि क्रिकेट मैदनामा जारी खेलमा नामिबियाले जितका लागि १६९ रनको लक्ष्य पाएको छ। 

 

रन बनाउने क्रममा आशिफ शेखले सर्वाधिक ५८ रन बनाउन सफल भए। त्यस्तै कुशल मल्लले ३६ रन बनाए। भीम सार्कीले २६ रन, कुशल भुर्तेलले १८ रन, करण केसीले १२ रन दिपेन्द्रसिंह ऐरीले ६ रन, सोमपाल कामीले ४ रन बनाए। कप्तान रोहित पौडेल, अनिल साह र देव खनाल शून्यमा आउट भए।

 

जारी सिरिजमा नेपाल लगातार दोस्रो जित हात पार्ने लक्ष्यमा छ। पहिलो खेलमा घरेलु टोली नामिबियासँग ४ विकेटले पराजित भएको थियो। आज नेपालसामु सोही हारको बदला लिने अवसर छ।

दोस्रो खेलमा बलियो नेदरल्यान्ड्समाथि नौ विकेटको जित हात पार्दै नेपालले सानदार पुनरागमन गरेको छ। नामिबियाले यसअघिको खेलमा डच टिमसँग ७ विकेटको हार बेहोरेको थियो।