क्यानले बढायो राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरूको तलब
News Desk
Feb-26 , 2024 तारिख 09:23 बेलुका

नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरूको तलब बढाएको छ।शनिबार र सोमबार बसेको क्यान कार्यसमिति बैठकले खेलाडीहरुलाई नयाँ वर्गीकरण गर्दै तलब पनि बढाउने निर्णय गरेको हो।

क्यानको यो निर्णयसँगै ‘ए’ ग्रेडमा परेका ६ खेलाडीहरूले अब मासिक एक लाख रुपैयाँ तलब पाउने छन। 

‘ए’ ग्रेडमा कप्तान रोहित पौडेलसँगै सोमपाल कामी, करण केसी, दिपेन्द्र सिंह ऐरी, आसिफ शेख र कुसल भुर्तेल परेका छन। 

यस्तै ग्रेड ‘बी’ मा पर्ने खेलाडीको तलब मासिक ७० हजार पुगेको ग्रेड ‘बी’ मा पनि ६ जना खेलाडी परेका छन। कुशल मल्ल, गुलशन झा, भीम सार्की, ललित नारायण राजवंशी, आरिफ सेख र अविनास बोहरा ग्रेड ‘बी’मा परेका छन। 

यस्तै नेपाल ‘ए’ का कप्तान विनोद भण्डारीसहित चार खेलाडी ग्रेड ‘सी’ मा परेका छन। उनीहरूको तलब मासिक ५५ हजार तोकिएको छ।

ग्रेड ‘सी’ मा विनोद भण्डारी, अर्जुन साउद, सन्दीप जोरा र प्रतिस जीसी परेका छन। ग्रेड ‘डी’ मा परेका खेलाडीलाई मासिक ३५ हजार पारिश्रमिक दिने क्यानले निर्णय गरेको छ। 

ग्रेड ‘डी’ मा पवन सर्राफ, सागर ढकाल, अनिल साह, विवेककुमार यादव, आकाश चन्द, बसिर अहमद र सूर्य तामाङ रहेका छन। 

बाँकी सात प्रदेशका इमर्जिङ क्याटोगरिका ७ खेलाडीले मासिक २५ हजार पाउने छन।

इमर्जिङ क्याटोगरीमा कोशीका दिपेश कँडेल, मधेशका रुपेश सिंह, बागमतीका रिजन ढकाल, गण्डकीका बिपिन खत्री, लुम्बिनीका देव खनाल, कर्णालीका अर्जुन घर्ती र सूदुरपश्चिमका हेमन्त धामी रहेका छन। 

क्यानले १९ महिला क्रिकेटरलाई पनि वर्गिकरण गरेको छ। उनीहरुको पारिश्रमिक भने पुरुषको भन्दा आधा कम छ।