नेपालले वाफ महिला च्याम्पियनसिपमामा आज लेबनानसँग खेल्दै
News Desk
Feb-27 , 2024 तारिख 12:54 बेलुका

नेपालले वाफ महिला च्याम्पियनसिपमामा आज लेबनानसँग खेल्दैछ। समूह बीचको विजेता टोली नेपाल र समूह ए को उपविजेता लेबनानबीच फाइनल प्रवेशका लागि खेल्न लाखेको हो। 

पश्चिम क्षेत्र (वाफ) च्याम्पियनको डेब्यू खेलमा नेपालले शानदार प्रदर्शन गरेको छ। पहिलो खेलमा सिरियालाई ४-१ गोलले हराएको नेपालले दोस्रो खेलमा इराकलाई ५-० ले पाखा लगाएको थियो। तेस्रो तथा अन्तिम खेलमा प्यालेस्टाइनलाई ४-० गोलले पराजित गरेको थियोे।

लेबनान समूह ए को उपविजेता हो। खेल नेपाली समय अनुसार राति पौने ११ बजे साउदी अरेबियाको जद्दाह स्थित किङ अब्दुल्लाह स्पोर्टस सिटी रिजर्भ स्टेडियममा  हुनेछ। 

आजै हुने अर्को खेलमा प्यालेस्टाइन र जोर्डन आमनेसामने हुनेछन। आजका विजेता टोलीले बिहीबार उपाधिका लागि भिड्ने छन।