टी- २० त्रिकोणात्मक सिरिजमा नेपाल २० रनले पराजित
News Desk
Feb-28 , 2024 तारिख 01:30 बिहान

टी- २० त्रिकोणात्मक सिरिजमा नेपाल २० रनले पराजित भएको छ। नामिबियाले दिएको २०७ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका  दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ४८ रन बनाए। रोहित पौडेल ४२,  कुशल मल्ल ३२, सोमपाल कामी २६,गुलशन झा १२, विवेक यादव र आशिफ शेख ६, सन्दीप जोरा ५, करण केसी २ र कुशल भुर्तेल शून्यमा आउट भए। 

२०६ रन बनाउने क्रममा नामिबियाका क्याट्सम्यान जान निकोलले आक्रामक ब्याटिङ गर्दै १०१ रन बनाएर आउट भए भने ओपनर मलन क्रुङरले ५९ रन बनाए। 

यस्तै, माइलक भान लिङेनले २०, जेपी कोट्जेले ११ र जान फ्रिलिंकले ५ रन बनाए।  नेपालका लागि रोहित पौडेलले २ र करण केसी र अविनास बोहराले एक एक विकेट लिए।