त्रिकोणात्मक टी-२० श्रृङ्खलामा नेपालले आज नेदरल्याण्ड्सको सामना गर्ने
News Desk
Mar-02 , 2024 तारिख 03:55 बेलुका

त्रिकोणात्मक टी-२० श्रृङ्खलाअन्तर्गत शनिवार नेपालले नेदरल्याण्ड्ससँग खेल्दैछ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान साढे १ बजेदेखि हुनेछ।

नेपालले लिग चरणको अन्तिम खेलमा नेदरल्याण्ड्ससँग खेल्न लागेको हो। यसअघि आफ्नो दोस्रो खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको थियो।

पहिलो खेलमा नामिबियाबाट पराजित भएको नेपालले शुक्रबार आफ्नो तेस्रो खेलमा हारको बदला लिएको थियो। नामिबिया ३ रनले पराजित भएको हो।

नेपालले नामिबिया र नेदरल्याण्ड्स सम्मिलित शृङ्खलाअन्तर्गत अघिल्ला तीन खेलमध्ये एउटामा मात्र जित हासिल गरेको छ। शृङ्खलाको फाइनलमा स्थान बनाउनका लागि नेपालले शनिबारको खेल जित्नैपर्छ। त्यसैले यो खेल जितेर फाइनलमा पुग्ने प्रयासमा नेपाल रहनेछ।

शृङ्खलामा नेदरल्याण्ड्स दुवै खेलमा जित निकाल्दै ४ अंकका साथ शीर्ष स्थानमा छ। नेपाल र नामिबियाको २-२ अंक छ। रनरेटका आधारमा नेपाल दोस्रो र नामिबिया तालिकाको पुछारमा छ।

नेपालले शनिबार जित निकालेमा र आइतबार नामिबिया नेदरल्याण्ड्सँग पराजित भएमा नेपालले फाइनलमा स्थान बनाउने छ। त्यसबाहेक नेपाल नेदरल्याण्ड्स पराजित भएर वा नामिबिया भोलि नेदरल्याण्ड्सँग पराजित भए फाइनलमा पुग्ने टोलीको टुंगो नेट रनरेटका आधारमा लाग्नेछ।