नेपाल कुस्ती संघको नेतृत्वमा सम्राट कुसारी सर्वसम्मत
News Desk
Mar-18 , 2024 तारिख 12:55 बिहान

काठमाडौं ,नेपाल कुस्ती संघको नेतृत्वमा प्रकाश कुमार कुसारी (सम्राट) सर्वसम्मत निर्वाचित भएका छन् । आईतबार काठमाडौंमा भएको संघको साधारण सभाले कुसारीको नेतृत्वमा कुस्ती संघको कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

संघको उपाध्यक्षमा निर्मल सिग्देल, मुकेश साह, सुर्यन्स कुमार चौधरी निर्वाचित भएका छन् ।

महासचिवमा खगेन्द्र बहादुर बस्नेत, उपमहासचिवमा साजन अधिकारी, सचिवमा सरोज कटुवाल, सुर्यनारायण साह र कोषाध्यक्षमा विपुल पौडेल सर्वसम्मत भए । 

सदस्यमा ऐटन कुमार मल्ल, सुदीप केसी, अनिल न्यौपाने, उपेन्द्र श्रेष्ठ, बिक्रम सागर पोख्रेल र लक्ष्मी उराउ निर्वाचित भए । बाँकी सदस्य पछि मनोनित गरिने नवनियुक्त अध्यक्ष कुसारीले जानकारी दिए । 

नवनियुक्त अध्यक्ष कुसारीले आफुले कुस्ती संघ लाई ब्यबस्थित गर्दै अगाडि बढ्ने बताए । उनले आफ्नो कार्यकालमा कुस्ती संघ लाई आमुल परिबर्तन गराएर छाड्ने बताए । उनले खेलकुदभित्रको माफियातन्त्र र परिवारवादको अन्त्य गरिने बताए ।