घरेलु टोली बहराइनसँग नेपालको फराकिलो हार
News Desk
Mar-22 , 2024 तारिख 12:26 बेलुका

फिफा विश्वकप– २०२६  छनोट अन्तर्गत नेपालले घरेलु टोली बहराइनसँग फराकिलो हार ब्यहोरेको छ। 

बहराइन राष्ट्रिय रंगशालामा भएको खेलमा घरेलु टोली ५–० ले विजयी भएको हो। बहराइनले खेलको पहिलो हाफमा ३ गोल गरेको थियो भने दोस्रो हाफमा २ गोल गरेको थियो।

यो हारसहित नेपालले एशियाबाट विश्वकप छनौटको समूह एचमा लगातार तेस्रो हार बेहोरेको छ।  नेपालले पहिलो खेलमा युएईसँग ४-० को हार बेहोरेको थियो भने दोस्रो खेलमा यमनसँग २-० गोल अन्तरले हार बेहोरेको थियो।

अब नेपालले बहराइनसँग नै अर्को खेल आगामी मंगलबार राति खेल्ने छ। दशरथ रंगशाला खेल्न लायक नभएपछि नेपालले होम एण्ड अवे दुवै खेल बहराइनमै खेल्दैछ।